मिस तामाङ पोखराको  सातौं संस्करण शुरु

पाेखरा | मंसिर २६, २०७९

मिस तामाङ पोखराको  सातौं संस्करण शुरु

पोखराः   मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो ।


तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताउनुभयो ।  युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताउनुभयो  ।  शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म देखि मृत्यु सम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे मा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग सिम्पानीका अध्यक्ष गंगा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग पोखरा महानगरका अध्यक्ष रामबहादुर तामाङ्ग (शिवु ब्लोन), मिस तामाङ्ग पोखरा २०२२ का विजेता मान्सी तामाङ्ग, रनरअप पेमा तामाङ्ग,  आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल लगायतले बोल्नुभएको थियो । 


पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गर्नुभएको थियो । ३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिनुभयो । 


प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीका सुप्रिया तामाङ्ग, सेदीका रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्ग , लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ्ग , रिठेपानीका रेनुका तामाङ्ग , न्युरोडका विकिता तामाङ्ग, लामागाउँका सुमित्रा तामाङ्ग, बगालेटोलका लक्ष्मी तामाङ्ग , अर्विना तामाङ्ग, विजयपुरका विपना तामाङ्ग र जिरोकिलोमिटरका जिना थिङ्ग सहभागी छन् । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्